प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली लोकगीत सङ्गीत, चलचित्र क्षेत्रका ख्यातिप्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
कलाकार लामाको आज बिहान निधन भएको हो ।प्रधानमन्त्री देउवाले शोक विज्ञप्तिमार्फत लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
उनले लामाको निधनबाट मुलुकले गीत सङ्गीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको उल्लेख गरेका छन् ।
कांग्रेसले नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा लामाले पु¥याएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उनको निधनबाट मुलुकले एक अग्रज कलाकारलाई गुमाएको जनाएको छ । यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
मन्त्री कार्कीले आज शोक विज्ञप्तिमार्फत लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।