अख्तियार दुरुपयोग अनुसंधान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालिन वन अधिकृत भैरव प्रसाद घिमिरे, सहायक वन अधिकृत विन्देश्वर पटेल सहित ४ जना लाई भ्रष्टाचारी ठहर गरेको छ ।
सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम वृक्षारोपण नगरी हिनामिना गरेको र उक्त कार्यमा अधिकृत घिमिरेको प्रत्यक्ष संलग्नता रहेको भन्दै उनिहरुमाथी मुद्दा दायर गरेको हो ।
अख्तियारले सोमवार अधिकृत घिमिरे, सहायक अधिकृत पटेल, सहलेखापाल जनकराज जोशी तथा सिम्रौनगढ नगरपालिका ११ निवासी जागरण विकास केन्द्र नेपाल नामक संस्थाका अध्यक्ष मदन प्रसाद जैसवारमाथी भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
आ.व. २०७३÷०७४ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिम्रौनगढ नगरपालिकाको उचिडिहमा वृक्षारोपणका लागि ३ लाख ६० हजार रुपैयाँ कामै नगरी भुक्तानी गरेको भन्दै उनिहरुमाथी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
प्राप्त उजुरीको आधारमा छानबिन गर्दा चारैजना दोषि देखिएकोले जनही ३ लाख ६० हजार रुपैयाँ बिगो दावी गरी अख्तियारले बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।