धनगढीको टिनटिन बार एण्ड रेष्टुरेन्टमा प्रहरीले छापा मारेर तीन जना किशोरीको उद्धार गरेको छ ।
रातोपुलमा रहेको सो बारमा तीन किशोरीलाई सात महिनादेखि बन्धक बनाएर राखेको गुनासो पछि कैलाली प्रहरीले छापा मारेर तीन जना किशोरीको उद्धार गरेको हो ।
प्रहरीले बार सञ्चालक नयन्द्र साउँद र त्यहाँ काम गर्ने अन्य दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती युवतीलाई तीन महिनादेखि काम गरेको तलब नदिएको र बाहिर पनि जान नदिएको भन्ने गुनासोपछि उनीहरुको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
सञ्चालक साउँद आफू बाहिर जाँदा बारको गेटमा ताला लगाएर जाने गरेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।