नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
महासचिव बेदुराम भुसालका अनुसार बैठकले एमसीसीको विरोधमा उत्रिएकामाथि प्रहरी दमनको भत्र्सना गर्दै घाइतेको उपचार गर्न सरकारसँग माग गरेको छ ।
सरकारले आइतबार संसदमा एमसीसी पेश गरेसँगै उक्त पार्टीमा विरोध र विवाद उत्पन्न भएको थियो ।