ओमानमा जारी आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ राजेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो ।
क्यानडाका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । उसका १० औं नम्बरका ब्याटर डिलन हेलिगर सर्वाधिक २४ रनमा अविजित रहे । कप्तान नवनित धालिवालले १८, रायन पठानले १४ र सलमान नजरले १० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कमल सिंह ऐरीले २, अविनाश बोहराले २, कुशल मल्ले १ विकेट लिए ।
यो खेलमा जित हात पारे नेपाल समूह १ को विजेताको रूपमा सेमिफाइनल पुग्नेछ। सेमिफाइनलमा नेपालले युएईसँग खेल्नेछ । उक्त खेलमा जित हात पारे नेपालले यो वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।