ओमानमा जारी आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र क्यानडाबीचको खेल जारी छ ।
अल अमरेत क्रिकेट स्टेडियममा अपरान्ह पौने चार बजेदेखि जारी खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ ।
अपडेटः
अहिलेसम्म क्यानडाले १२ ओभरमा ९ विकेट गुमाएर ६२ रन बनाएको छ ।
आजको खेलले नै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । समूह ‘बी’मा रहेको नेपालले यसअघिको दुई खेलमा लगातार जित हात पारेको छ । पहिलोमा ओमानलाई ३९ र दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।
क्यानडालाई हराए नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाउने छ । झिनो अन्तरले पराजित भएमा पनि नेपालले सेमिफाइनलको यात्रा गर्ने पक्का जस्तै छ । क्यानडाले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।
समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्ने मौका पाउने छन् । सेमिफाइनल जित्ने दुई टोली यही वर्ष अस्ट्रेलियामा हुने विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।