चरम विवाद र दण्डहिनताको आश्रयस्थल बनेको बाराको पचरौता नगरपालिकामा फेरी एकपटक जिम्मेवार व्यक्तिबाटै घृणित कार्य भएको खबर बाहिर आएको छ ।
प्राप्त जानकारी अनुसार शनिवार राति पचरौता नगरपालिकामा जेसिबि ड्राईवरको रुपमा कार्यरत एक अपरेटर नगरपालिकाकै एक महिलाको घरमा प्रवेश गरि बलजफ्र्ती गर्दा–गर्दै पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नंं. ५ बेल्दारीका छठु महतोको घरमा राति करिब ९ बजे प्रवेश गरेका जेसिबि अपरेटर २३ वर्षिय पप्पु साहलाई महतोको घरबाटैै पक्राउ गरिएको छ । परिवारका सदस्यले घरमै थुनेपछी उनी पक्राउ परेका हुन् ।
घरमा थुनेर प्रहरीलाई खबर गरेपछी बेल्दारी प्रहरी चौकीबाट आएको प्रहरीको टोलीले साहलाई पक्राउ गरेको हो ।
साहलाई राति महतोको घरबाट पक्राउ गरी थप अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको बेल्दारी चौकीका ईन्चार्ज सागर लुम्बाले जनाए ।
‘घरमा मान्छे पसेको खबर आएपछी हामि तुरन्तै घट्ना स्थलमा पुगेका हौं’– ईन्चार्ज रुम्बाले भने– ‘त्यहाँबाट जेसिबि अपरेटर साहलाई नियन्त्रणमा लिएर सिम्रौनगढ ईलाकामा बुझाईदियौं ।’
नगरपालिका स्थापनाकालदेखी कार्यरत आरोपित साह पचरौता नगरपालिकाका मेयर रमेश यादवका निकट्तम भएको स्थानियले बताएका छन् ।
मेयर यादवको समेत घर रहेको घट्नास्थल अहिले त्रस्त छ । सरकारी कर्मचारीकै यस्तो हर्कतले समाजमा नराम्रो छाप परेको छ ।
घटनास्थल भारतको सिमानासंग जोडिएको गाउँ हो । स्थानिय वडाध्यक्ष तथा नेकपा एमाले नेता लक्ष्मी यादवले घटनाको निंदा गरेका छन् । गाउँघरमा कहिल्यै नभएको क्रियाकलाप मेयर रमेश यादवकै क्षत्रछायाँमा रहेका कर्मचारीले गर्नु क्षमायोग्य नभएको वडाध्यक्ष यादवले बताए ।
हिजो राति भएको उक्त घटना सामसुम पार्न आफुलाई केही स्थानियहरुको दवाव आईरहेको उनले बताए ।
‘पञ्चायती गरेर गाउँघरमै घट्ना मिलाउन दवाव आईरहेको छ’, वडाध्यक्ष यादवले भने– ‘मैले प्रहरीमा गईसकेको कुरालाई न्यायिक प्रकृयाबाटै टुंग्यान जवाफ दिएको हुं ।’
यसअघी पनी उक्त नगरपालिकाका एक कार्यालय सहयोगिले त्यहीं कार्यररत एक युवतीलाई बलात्कार गर्नखोजेको घट्ना सेलाएको छैन् ।
मेयर यादवले नै नियुक्त गरेका कार्यालय सहयोगी संजय पासवानले २२ वर्षिया महिला कर्मचारीलाई कार्यालयमा कोही नभएको मौका छोपी बलात्कार गर्न खोजेको घटना बाहिर आईसकेको छ ।
घट्ना पश्चात मेयर र उनका सहयोगिहरुको धाकधम्कीका कारण ति महिला कर्मचारी नगरपालिका छोडेर विस्थापित भईसकेकि छिन् ।