नेपालमा थप ३५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ हजार ९६ नमुना परीक्षण गर्दा ३५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार २७२ संक्रमित निको हुँदा ४ जनाको मृत्यु भएको छ ।
हालसम्म ९७.४ प्रतिशत संक्रमित निको भइसकेका छन् भने ११ हजार ९१७ जनाको मृत्यु भएको छ ।
हाल देशभर १३ हजार ३५७ सक्रिय संक्रमित छन् ।