सर्वोच्च अदालतमा इजलास बिहान ११ बजेबाट बस्ने भएको छ ।
सर्वोच्चमा शुक्रबार बसेको फुलकोर्ट बैठकले इजलास बिहान ११ बजेबाट बस्ने निर्णय भएको न्यायाधीश हरिकृष्ण कार्कीले जानकारी दिए ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको संयुक्त आन्दोलनका कारण सर्वोच्चमा मध्याह्न १२ बजेपछि मात्रै इजलास बस्ने गरेको थियो । तर, शुक्रबारको फुलकोर्टले इजलास बिहान ११ बजेबाटै बस्ने निर्णय गरेको न्यायाधीश कार्कीले बताए ।
यसैगरी, बैठकमा न्यायाधीश कार्की नेतृत्वको समितिले दिएको न्यायपालिका सुधारका प्रतिवेदन कार्यान्वयमा पनि छलफल भएको छ । ‘प्रतिवेदनमा छलफल प्रारम्भ भएको छ ।
बैठकमा गोलाप्रणाली गर्दा हेर्न नमिल्ने न्यायाधीशकोमा पर्ने मुद्दालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । गोलाप्रथा निर्देशिका संशोधन गरेर अन्तिम रुप दिइने सहमति भएको छ ।