सामाजिक अभियान्ता बताउँदै आएका ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विलय भएको छ ।
शुक्रबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रममा ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राप्रपामा विलय भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई पार्टीमा स्वागत गरे । शाही राप्रपाको प्रवक्ता बनेका छन् ।
मंगलबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा. धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।
एकता घोषणा नहुँदै शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए ।