प्रतिनिधि सभाको बैठक सकिएको छ ।
एमालेको विरोधका बीच बैठक शुक्रबार दिउँसो १० मिनेट बसेको थियो ।
बैठक सुरु हुनेवित्तिकै एमालेले अवरोध गरेको थियो । एमाले सांसदले संसदमा नारावाजी गरे ।
तर, एमालेको विरोधका बीच कानूनमन्त्री दिलेन्द्र बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरे ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका थिए । तर, शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा देउवा आज बस्ने संसद बैठकमा एमसीसी पास नगर्न सहमत भएका थिए ।
अर्को बैठक फागुन ८ बजे दिउँसो १ बजे बस्नेछ । उक्त दिन सत्ता गठबन्धनको बैठक पनि बस्नेछ । सत्ता गठबन्धनबीच सहमति भए आइतबार एमसीसी संसदमा पेश हुने सम्भावना छ ।
एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ ।