प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
तर, बैठक सुरु हुनेवित्तिकै एमालेले अवरोध गरिरहेको छ । अहिले एमाले सांसदले संसदमा नारावाजी गरिरहेका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एकमात्र कार्यसूची तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यो कार्यसूची तय गरेको हो ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गर्ने तयारी गरेका थिए । तर, शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा देउवा आज बस्ने संसद बैठकमा एमसीसी पास नगर्न सहमत भएका छन् ।
एमालेले लामो समयदेखि संसद अवरोध गर्दै आएको छ ।