आइसिसी टि२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको छ ।
अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन मात्रै बनाउका सक्यो ।
अपडेटः
अहिल ओमानले व्याटिङ गरिरहेको छ ।
अहिलेसम्म ओमानले १७ ओभरमा ९ विकेट गुमाएर ७८ रन बनाएको छ ।
नेपालको ब्याटिङ
खराब ब्याटिङ गरेको नेपाली टिमका कुनैपनि खेलाडीविच गतिलो साझेदारी हुन सकेन । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । त्यस्तै, कप्तान सन्दीप लामिछाने र लोकेश बमले १६–१६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।
नेपालका ४ ब्याट्यम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः ५ र ४, विवेक यादवले ७, कमलसिंह ऐरीले १ रन बनाए ।
ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।