आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपाल र घरेलु टोली ओमानबीचको खेल सुरु भएको छ ।
खेल अल अमरेत क्रिकेट मैदानमा पौने १२ बजेदेखि सुरु भएको हो । ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्दैछ ।
नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव, लोकेश बम, आरिफ शेख, कमलसिंह ऐरी, सन्दीप लामिछाने (कप्तान), जितेन्द्र मुखिया र अभिनाश बोहरा ।
छनोट प्रतियोगिताका लागि नेपालले ओमानमै चारदेशीय सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले ओमानलाई पराजित गरेको थियो भने अन्य दुई खेलमा हार व्यहोरेको थियो ।
ग्लोबल छनोट र तालिका
विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।
प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।
तालिका
फागुन ७ (१९ फेब्रुअरी) – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा
फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)