एमसीसीविरुद्ध ८ दलीय मोर्चाले आज एमसीसीविरुद्ध देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।
६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज देशभर संयुक्त विरोध प्रदर्शन गर्ने भएको हो ।
मोर्चाको हिजो बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज देशभर संयुक्त प्रदर्शन गर्न लागिएको हो ।
आज १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।