नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमिति चयन भएको छ।खगेन्द्र अवस्थीको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
कार्यसमितिको उपाध्यक्षमा नरि बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोदसिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन भएका छन्।
यस्तै चार जना राष्ट्रिय परिषद सदस्य र ९ जना प्रदेश परिषद सदस्य समेत चयन गरिएको छ। सदस्यता विवादका कारण गत चैतमा नयाँ कार्यसमिति चयन हुन सकेको थिएन।
जिल्लामा रहेका पत्रकारका संघ संगठनहरू बीच भएको सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरिएको पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्टले जानकारी दिए।
विवाद समाधानका लागि नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावल नेतृत्वको टोलीले सर्वसम्मत रुपमा कार्यसमिति चयन गर्ने टुंगो लगाएको थियो। यसैबीच नयाँ कार्यसमितिलाई बिहीबार केन्द्रीय सदस्य विष्टले पदभार ग्रहण गराए।