डाहुवा ब्रान्डको सीसीटीभी क्यामेराको नेपालको आधिकारिक वितरकका रुपमा बिध म्यानेजमेन्टले जिम्मेवारी पाएको छ ।
बिध म्यानेजमेन्टले एक कार्यक्रमबीच सोही सीसीटीभी क्यामेराको आधिकारिक नेपाल वितरकको जिम्मेवारी पाएको पत्रकारमार्फत जानकारी दिएको हो।
नेपालभर उक्त ब्रान्डको सीसीटीभी क्यामेरा बिक्रीका लागि ५० वटा रिटेलर पनि तोकिएको छ। डाहुवा ब्रान्डको सीसीटीभी क्यामेरा विश्व तथा नेपालमा बिक्रीको हकमा दोस्रो स्थानमा रहेको छ ।
पाँच वर्षअघि स्थापना भएको बिध म्यानेजमेन्ट नेपालको व्यवसाय क्षेत्रमा एक अग्रणी कम्पनी हो। जसले औषधि, सर्जिकल सामान, रासायनिक मल, विद्युतीय सामग्रीलगायतको आपूर्ति गर्दै आएको छ।