स्थानीय तहको निर्वाचन सार्न माग गर्दै परेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्ने भएको छ ।
महोत्तरीको भंगहा नगरपालिकाका मेयर सन्जीवकुमार साहले आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्दा आफूहरूको ५ वर्षे अवधि पूरा नहुने भन्दै निर्वाचन सार्न माग गर्दै दिएको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
साहको निवेदन माघ २६ मा सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले निवेदनको आधार नभएको भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।रजिष्ट्रार पन्थीको निर्णयविरुद्ध मेयर साहले इजलासमा निवेदन दिएका थिए ।
