राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक मंगलबार दिउँसो ३ बजे बस्दैछ ।
धुम्बराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगका विषयमा छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यससँगै बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता र स्थानीय तहको चुनावलगायतका विषयमा छलफल हुनेछ ।
यसलगायत समसामायिक राजनीतिक विषयमा छलफल हुने उनले बताए ।