सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
बानेश्वरस्थित संसद भवन ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक जारी रहेको कांग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।
सत्ता गठबन्धनका तीन दलका ९८ जना सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो । महाअभियोग प्रस्ताव पारित हुन दुईतिहाई बहुमतको सांसदको आवश्यकता पर्दछ । यसका लागि सरकारले सबै दलसँग समन्वय गर्नुपर्ने हुन्छ ।
यीलगायत समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति तथा शेरबहादुर देउवाको सभापतित्वमा बैठक जारी छ ।