राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भ्रातृसंगठनहरूले एमसिसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् ।
सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भ्रातृसंगठनको बैठकले एमसिसीविरुद्ध एकताबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
उनीहरूले ४ माघ बुधबारका दिन माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । एमसिसी देशको हितविपरीत रहेको निष्कर्षसहित प्रदर्शन गर्ने निर्णयमा पुगेको बैठकमा सहभागी एक नेताले बताए ।