सुदूरपश्चिममा भारतसँग जोडिएका तीन नाका सुचारु भएका छन् । दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमा नाका सोमबार सुचारु भएका हुन् ।
भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित गर्दै नाका बन्द गरिएको थियो ।
निर्वाचन सुरक्षाका लागि भन्दै दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट नाका बन्द गरिएका थिए । बन्द भएका नाका सोमबार साँझ ६ बजेदेखि खुलेका स्थानीय प्रशासनले जनाएको छ ।