भारतको उत्तर प्रदेश प्रान्तमामा सोमबार दोस्रो चरणको मतदान हुँदै छ। दोस्रो चरणकोमा आज सहारनपुर, मुरादाबाद र बरेली डिभिजनका ५५ सिटमा मतदान भइरहेको छ।
२०१७ विधानसभा चुनावमा, यी ५५ मध्ये ३८ सीट भाजपाले जितेको थियो। तर, पछिल्लो लोकसभा चुनावमा यहाँका ११ लोकसभा सिटमध्ये ७ विपक्षीले जितेका थिए ।
पहिलो चरणमा फेब्रुअरी १० मा सहारनपुर डिभिजनका दुई जिल्ला मुजफ्फरनगर र शामलीमा मतदान भएको थियो। आज (फेब्रुअरी १४) सहारनपुर, मुरादाबाद, बिजनौर, अमोरोहा, सम्भल, रामपुर, बदाऊन, बरेली र शाहजहानपुर जिल्लामा मतदान हुँदैछ।
दोस्रो चरणमा धेरै सिटमा रोमाञ्चक प्रतिस्पर्धा हुने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ। धेरै राजनीतिक व्यक्तित्वको विश्वसनीयता दाउमा छ । यस चरणमा समावेश गरिएका जिल्लाहरूमा मुस्लिम आवादी बढी छ। यसअघि धेरै सीटमा मुस्लिम उम्मेद्वारहरूले सजिलै जितेका छन्।