सोमबार फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ ।
अब उक्त बैठकल फागुन ४ गते बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
आफ्नो प्रदेशस्तरीय भेला भएकाल बैठक सार्न नेकपा एमालेलेसार्न आग्रह गरेको थियो । शनिबार भएको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवलाई एमालेको मागबमोजिम बैठक सार्न आग्रह गरेका थिए ।
यसअघि पनि प्रतिनिधि सभा बैठक ६ दिन सारेर २ गतेका लागि तय भएको थियो । बैठक सूचना टाँस गरेर तेस्रो पटक सारिएको हो । यसअघि माघ १६ गते र २६ गतेका लागि तय भएको बैठकसमेत स्थगित भएको थियो ।