संखुवासभाको मकालु गाउँपालिका-५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु-(५ को नुम र वडा नम्बर-१ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो ।
शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको मकालु गाउँपालिका-५ का कार्यपालिका सदस्य पुरन याम्फुले जानकारी दिए ।
निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री लिएर गएको तीन वटा लोवेट ट्रक पुल भाँची पछि अरुण नदीमा खसेको कार्यपालिका सदस्य याम्फुले बताए ।
ट्रकमा सवार चालक र सहचालक भने सकुलनै रहेको छन् ।अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको छ ।