युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई युक्रेन छाड्न जर्मनीले शनिबार निर्देशन दिएको छ। तनाव बढ्दै जाँदा ‘सैन्य द्वन्द्वलाई रोक्न नसकिने’ भन्दै उनीहरूलाई स्वदेश फर्किन आग्रह गरेको हो।
विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'युक्रेनी सीमा नजिकै रूसी सैनिक एकाइहरूको बृहत् चालका कारण गत केही दिनहरूमा रूस र युक्रेनबीच फेरि तनाव बढेको छ। हाल तपाईं युक्रेनमा हुनुहुन्छ भने तपाईंको उपस्थिति जरुरी छ कि छैन पक्का गर्नुहोस्। यदि जरूरी ठान्नुहुन्न भने केही समयको लागि युक्रेनी भूगोल छोड्नुहोस्।'
यसैबीच रूसी विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र पश्चिमले युक्रेन र रूसबीच यूक्रेनमा द्वन्द्व चाहेको आरोप लगाएका छन्।