प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा अमेरिकन सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको बताइएको छ ।
भेटमा देउवाले समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा जोड दिए भने प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भएकोले थप समय माग्नुपर्ने बताएका थिए ।
संसद्बाट एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने सम्बन्धमा सत्ता गठबन्धनभित्रै मतभेद छ ।