नेपाल प्रहरीका जवानहरूको ठुलो संख्यामा सरुवा गरिएको छ ।
मंगलबार राति ७ हजार ३४४ जना जवानहरूको सरुवा भएको छ ।
फागुन महिनाको तलव, भत्ता सरुवा भएको कार्यालयबाट पाउने गरी जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
लामो समयदेखि जवानहरूको सरुवा हुन सकेको थिएन । स्थानिय तह निर्वाचन घोषणा पछि ठुलो संख्यामा जवानहरूको सरुवा गरिएको हो ।