सांसद मोहन बानियाविरुद्ध बलात्कारको आरोप लागेको छ।
नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाले बलात्कार गरेको आरोप लगाएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिँदै शिक्षिका शाहीले नेपालगञ्जको होटलमा बसेको बेलामा सांसद बानियाले दुई पटक बलात्कार गरेको बताएकी छन्। माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाले बलात्कार गरेको आरोप लगाइएको छ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाविरुद्ध बलात्कारको जाहेरी परेको बताए ।