मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने छ। प्रदेश १ का एक वा दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी वायुको सामान्य प्रभावका कारण मंगलबार बिहान पहाडी भू-भागमा सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ।
दिउँसो देशभरको मौसम सामान्य बदली रहे र प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ।
पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।