पछिल्लो २४ घण्टामा १५७० कोरोना भाइरस संक्रमित थपिएका छन् ।
११ हजार ३६५ नमुना परीक्षण गर्दा १५७० कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार १४३ संक्रमित निको हुँदा १३ जनाको मृत्यु भएको छ ।
हाल देशभर ४० हजार १११ सक्रिय संक्रमित छन् ।
सोमबार काठमाडौं जिल्लामा ३५० जनामा संक्रमण पुष्टि भएको छ ।
