बिहीबारदेखि परेको अकष्मात वर्षाका कारण मधेश प्रदेसका ईट्टा उधोगहरुमा व्यापक क्षति भएको छ ।
तीन दिनदिनसम्म परेको लगातारको वर्षातले मधेसको सिराहादेखी पर्सासम्मको ईट्टा उधोगहरुमा क्षति भएको हो ।
तयारी अवस्थामा रहेका कच्चा ईट्टाहरु पानिका कारण क्षति भएपछी उधोगिहरुलाई अबौंंको क्षति भएको उनिहरुले बताएका छन् ।
बाराका ईट्टा व्यवसायी रञ्जित चौरसियाका अनुसार भट्टिमा पोल्न तयार गरिएको ईट्टा अचानकको वर्षाका कारण नष्ट भएको हो ।
मधेश प्रदेसमा रहेका करिब ६ सय ईट्टा उधोगहरुमा क्षति भएको बुझिएको छ ।
प्रत्येक उधोगहरुमा २० देखि ३० लाख रुपैयाँसम्मको क्षति भएको बताईएपनी त्यसको विस्तृत यकिन हुनसकेको छैन् ।
क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको चौरसियाले बताए ।
हरेक उधोगमा कम्तीमा ३० देखि ५० लाख काँचो इट्टा तयार भएको बेला अचानक आएको वर्षातले त्यत्रो मात्रामा क्षति भएको हो ।
तयारी भएको कच्चा इट्टा भट्टिमा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने भइसकेको छ ।
एक–दुई महिना लगाएर तयार पारिएको इट्टा पुस–माघमा भट्टीमा पोल्ने गरिन्छ । काँचो इट्टा तयार पार्न उधोगहरुले सयौँको संख्यामा मजदुर राख्ने गरेका हुन्छन् । त्यसका लागि माटो, कोईला, दाउरा लगायतको मेटेरियल खरिद गरिएको हुन्छ ।
अब नयाँ ईट्टा तयार पार्न फेरि सुरुदेखि काम गर्नुपर्ने अवस्था आएको छ । एक उधोगिका अनुसार नयाँ ईट्टा उत्पादन गर्न कम्तीमा एक–दुई महिना समय लाग्ने हुन्छ, मुल्यवृद्धिको मारमा परेका उधोगी थप समस्यामा पर्नेछन् ।
सरकारले अन्य उद्योगहरूका लागि बीमाको व्यवस्था गरे पनि इट्टा उद्योगमा बीमाको व्यवस्था छैन । खुला आकाशमुनि निर्माण हुने इट्टा उद्योगहरूलाई सरकारले बीमाको व्यवस्था नगरेको हो ।
दैवीप्रकोप वा कुनै दुर्घटना हुँदा बीमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट वञ्चित हने गरेका छन् ।