मधेश प्रदेस सभामा रिक्त रहेका तिन संसदिय समितिका सभापतिहरु आज चुनिदैं छन् ।
प्रदेससभा सचिवालयले आज बिहान ११ बजेदेखी ५ बजेसम्म सभापतिको उम्मेदवारी दर्ता गर्न समय दिएको छ ।
प्रदेससभामा सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भुमि व्यवस्थापन समितिमा सभापति पद रिक्त छ ।
सात वटा संसदिय समिति रहेको प्रदेशसभामा हाल जनता समावजादी पार्टीको ३ तथा लोकतान्त्रीक समाजवादी पार्टीको १ प्रदेससभा सदस्य सभापति छन् ।
प्रदेससभाको सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्षी, लोसपाले दावी गरिरहेको छ ।
संसदिय परम्परा अनुसार सार्वजनिक लेखा समितिको सभापती प्रमुख प्रतिपक्षीबाट हुने भएकोले आफुहरुले उक्त समितिको सभापतिमा दावी गरेको लोसपा संसदिय दलका नेता जितेन्द्र सोनलले बताए ।
सरकारको काम कर्तव्य तथा अनियमितता लगायतको कुरालाई ‘ब्यालेन्स’ गर्न उक्त समितिले ठुलो भुमिका खेल्ने हुनाले सरकार र प्रतिपक्षको भुमिकालाई संसदिय परम्परामा ढाल्नका लागि उक्त समिति आफुहरुले पाउनुपर्ने दावी सोनलको छ ।
यता सत्तारुढ गठबन्धनले सार्वजनिक लेखा समिति लोसपालाई दिन तयार रहेको तर लोसपासंग रहेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति छोड्नुपर्ने शर्त राखेको छ ।
गठबन्धनका दलहरुलाई समेत समितिहरुमा भागवण्डा दिनुपर्ने भएकाले एक समितिको सभापती पद छोडे मात्रै सार्वजनिक लेखा समिति दिने सरकारको नेतृत्व गरेको जसपाको भनाई छ ।
हाल लोसपासंग रहेको महिला, बालबालिका तथा सामाजिक न्याय समितिको सभापतिमा प्रदेससभा सदस्य जैनुल राईन सभापति छन् ।