सभामुख अग्निप्रसाद सापकोटा र कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुबीच भेटवार्ता भएको छ ।
भेटमा मन्त्री बडुले एमसीसीलाई टेबुल गर्न सभामुख सापकोटालाई आग्रह गरे ।
जवाफमा सभामुख सापकोटाले एमसीसीलाई टेबुल गर्ने वातावरण नभएको बताए । वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भुमिका खेल्न सापकोटाले आग्रह गरे ।