सिसीएमसी बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ । योसँगै फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् ।
देशभर माघमा विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।
यस्तै, सिसीएमसी बैठकले काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर–बिजोर हटाउन सिफारिस गरेको छ । हाल उपत्यकामा निजी सवारी साधन र ट्याक्सीहरूमा जोर–बिजोर प्रणाली लागु छ ।