भारतीय पुस्ताका लागि संगीत र धुन परिभाषित गर्ने गायिका लता मंगेशकरको निधनमा दुई दिने ‘राष्ट्रिय शोक’ मनाइने भएको छ ।
केन्द्रीय गृह मन्त्रालयका अनुसार फेब्रुअरी ६ देखि फेब्रुअरी ७ सम्म भारतभर राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।
केन्द्र सरकारले दिवंगत महानुभावको सम्मानमा फेब्रुअरी ६ देखि ७ गतेसम्म दुईदिने राजकीय शोक मनाउने र यस अवधिमा कुनै औपचारिक मनोरञ्जन नगर्ने निर्णय गरेको छ ।
गत जनवरीका सुरुमा कोरोना संक्रमण भएपछि मुम्बईको सिटी अस्पातालमा भर्ना गरिएकी मंगेशकरको आइतबार निधन भएको थियो ।