नेपालमा थप १७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ हजार २२५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ जना र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार ४७७१ संक्रमित निको हुँदा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८०३ पुगेको छ ।
हाल देशभर ५२ हजार ७८० सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा मुलुकमा पाँच लाख ८८ हजार ४४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ ।