कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजय भएका शाह कांग्रेस प्रवेश गरेका हुन् । शनिवार आफ्नै निवास वहादुरगंजमा एक कार्यक्रमका बीच वडा अध्यक्ष हित शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
शाहलाई पार्टी सदस्यता प्रदान गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गरे । सभापति पुनले नगरप्रमुख शाहको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु क्षेत्र न ३ मा कांग्रेस थप बलियो भएको विश्वास व्यक्त गरे ।
नगरप्रमुख शाहलाई पार्टीका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, प्रतिनिधि सभा सदस्यहरु अभिषेक प्रताप शाह, अतहर कलाम, जिल्ला सभापति अव्दुल कलामसहितका नेताहरूले शुभकामना दिए ।
नवप्रवेशी नगरप्रमुख शाहले स्वतन्त्र भई काम गर्न कठिनाइ भोगेको बताए । केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न पार्टीको सरकार भएकाले आफु स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासको लागी सहयोग प्राप्त गर्न नसकेको दुखेसो व्यक्त गरे । शाहले नेपालको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको बताए ।
शाहसँगै नगरपालिका वडा न ९ का वडा अध्यक्ष राममिलन चौधरी, वहुजन पार्टीका प्रभावशाली नेता चर्तुभुज कहांर, सहित विभिन्न पार्टी परित्याग गरी १ हजार समर्थक प्रवेश गरेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।