प्यूठानमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ। बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।
नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर को जीप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल पुर्याइएको छ।बेहुलाको घर नजिकै पुगेको बेला जीप दुर्घटनामा परेको थियो ।