टावरमा समस्या आएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
विमानस्थलनजिक चट्याङ परेका कारण टावरमा समस्या आएको हो । शुक्रबार वर्षा र हावासँगै विमानस्थलनजिकै चट्याङ परेको थियो ।
टावरमा समस्या देखिएपछि अपराह्नदेखि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।