पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, लतिलपुरमा १२० र भक्तपुरमा ५५ गरेर २४ घण्टामा ७४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार योसँगै उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौंमा १६ हजार ३, ललितपुरमा नौ हजार ३५१ र भक्तपुरमा ३ हजार ८२९ रहेको छ ।
अहिलेसम्म उपत्यकामा कोरोनाले तीन हजार ४५४ जनाको मृत्यु भएको छ भने तीन लाख ८८ हजार ८९० जनाले कोरोना जितेका छन् ।