नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । अधिकारी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख (निर्देशक) थिए ।