मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी नेपाल सम्झौतासम्बन्धी कुनै पनि दस्तावेज गोप्य वा लुकाइएको नरहेको दाबी गरेको छ ।
एमसीसी सम्झौता बारेका दस्तावेजहरू लुकाइएको चर्चा चलिरहेको बेला अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले आज मङ्गलवार विज्ञप्ति निकालेर सार्वजनिक महत्त्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गरिएको र कुनै पनि दस्तावेज नलुकाएको बताएको हो ।
