भारतीय कलाकार सलमान खान नेपाल आउने भएका छन् । उनलाई पर्वतारोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत पुर्जाले सलमान नेपाल आउने जानकारी दिएका हुन् । पुर्जाले लेखेका छन्, 'सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ ।'
विश्व कीर्तिमान राख्नुभएको पुर्जाले संसारका चर्चित कलाकारलाई जुटाएर काठमाडौँमा एक कार्यक्रम गर्ने तयारी गरेका छन् । भेटमा सलमानलाई पुस्तक दिँदै उनले नेपाल आउने निम्तो समेत दिएको जनाइएको छ ।