आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद् सजिना शाक्यले बताइन् ।
यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।
देशको उच्च पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको उनले जानकारी दिइन् ।