जिल्लाको शैल्यशिखर नगरपालिका–८ स्थित तल्चौरस्थित आमाछोरी मृत अवस्थामा भेटिएका छन् ।
सोही नगरपालिका–७ बोहरीगाउँ घरबाट शुक्रबार दिउँसो माइत जान हिँडेकी अन्दाजी २३ वर्षीया सरस्वती बिष्ट आफ्नी छोरीसहित रुखमा झण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एक वर्षीया छोरीलाई साथमा लिएर घरबाट माइत जान्छु भन्दै हिँडेकी बिष्ट छोरीसँगै मृत भेटिएकी हुन् । घटनापछि प्रहरीले यसबारे छानबिन गर्ने जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलको मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव गोकुलेश्वर अस्पताल लगिएको छ ।