नेपालले तत्काल प्राथमिकता दिनुपर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्र स्वास्थ्य भएको आइएमएफले औंल्याएको छ ।
नेपालले हाल सामना गरिरहेका जोखिम (प्राकृतिक प्रकोपहरुसहित) सँग जुध्नका लागि आवश्यक वित्तीय अनुशासन र पर्याप्त पोलिसी स्पेशको सुनिश्चितताबारे कोषका अधिकारीहरु राम्रोसँग जानकार रहेको उल्लेख गर्दै आइएमएफले तत्कालका लागि भने स्वास्थ्य क्षेत्रमा नेपालले खर्च बढाउनुपर्नेमा जोड दिएको हो ।
विश्वका अन्य विभिन्न स्थानजस्तै नेपालमा पनि यतिबेला गहिरो स्वास्थ्य संकट कायमै रहेकाले अर्थतन्त्रको गतिसँगै अत्याधिक जोखिममा रहेका समूहको रक्षा गर्न पनि नेपाल चनाखो हुनुपर्ने कोषका नेपालका लागि कार्यकारी निर्देशक रोजमेरी लिमसहितको संयुक्त वक्तव्यमा उल्लेख छ ।
खोपकरण र स्वास्थ्य सेवामा कोभिड सुरु भएयता केही सुधार देखिए पनि यो अझै पर्याप्त नरहेकाले नेपालले यसमा लगानी बढाउनुपर्ने कोषले औंल्याएको हो । कोषका अधिकारीहरु राजस्व तथा आम्दानी परिचालन रणनीति तयार र सार्वजनिक लगानी कार्यकुशलता अभावलाई सम्बोधन गर्ने कार्ययोजना विकासमा सहायता गर्ने पनि आइएमइफले जनाएको छ ।
यसमा कर प्रणाली सुधार तथा कर नीतिको खाका आधुनिकीकरण गर्ने लगायतका प्राविधिक सहायताहरु पर्ने वक्तव्यमा उल्लेख छ ।