कोरोना संक्रमण निको नहुँदै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा सहभागि भएका छन् । संक्रमण भएको चौथो दिनमा नै अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् ।
अध्यक्ष ओली र पत्नी राधिका शाक्यलाई गत माघ ९ गते कोरोना संक्रमण पुष्टि भयो । तर एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पनि भीडभाडमा मिसिएका थिए ।
युवा संघले भक्तपुर बालकोटस्थित ओलीको निवास नजिकै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । यता ओली कोभिड संक्रमित भएकै बेला सार्वजनिक कार्यक्रममा देखिएपछि चर्को आलोचना भएको छ ।