युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले आज बिहीवार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको अवलोकन गरेका छन् ।
रङ्गशाला सम्बन्धमा भरतपुर महानगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको अवसरमा मन्त्रीसहित मन्त्रालयको टोली र वाग्मती प्रदेशका मन्त्रीललगायतले अवलोकन गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले रोकिएको रङ्गशाला निर्माणको कामलाई सरकारको तर्फबाट जति सक्दो छिटो प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि धुर्मुस(सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र देश तथा विदेशबाट पनि सहयोग नपाएको भन्दै भरतपुर महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो । त्यसपछि महानगरकी मेयर रेणु दाहालले स्वामित्व लिने प्रतिबद्धता जनाए ।