नक्कली मास्कसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक बुद्धिबहादुर कार्की, भोटेबहाल बस्ने श्रयान्स लावती, सङ्खुवासभाको सभापोखरी घर भइ सातदोबाटो बस्ने मुक्तिप्रसाद पोखरेल र भारतको राजस्थानका यश अग्रवाल रहेका छन् ।
उनीहरुलाई अमेरिकन ब्रान्ड ‘थ्री एम’ को लोगो प्रयोग भएको १२ हजार थान नक्कली मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्सबाट बरामद नक्कली मास्कसहित पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको छ ।